सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पूर्वाधार विकास समितिका सभापति सिंहद्धारा बस भाडा बढाउनेलाई कारबाही गर्न निर्देशन

काठमाडौँ/

Exchange and test

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले काठमाडौँमा बसपार्कहरूमा छड्के अनुगमन गरेका छन । दसैँमा घर जाने यात्रुहरूलाई बसको व्यवस्था तथा भाडदारको अवस्थाबारे बुझ्न उनले अनुगमन गरेका हुन् । शुक्रबार सिंहले गोगंबु बसपार्क तथा बल्खुमा रहेको टाटा सुमो बसपार्कमा पुगेर भाडादरबारे अनुगमन गरेका थिए ।

केही बस तथा टाटा सुमोले तोकिएभन्दा बढी तथा केहीले दोब्बर बढी भाडा लिएको पाइएपछि उनले भाडादर नियन्त्रण गर्न र दोब्बर हाराहारी भाडा लिने सवारी साधनलाई कारबाही गर्न निर्देशन दिएको सभापति सिंहका स्वकीय सचिव प्रकाश चौलागाँईले जानकारी दिए । अनुगमनका क्रममा ६५० रुपैयाँ लाग्ने भाडदारको १२ सय रुपैयाँसम्म लिएको यात्रुहरूले गुनासो गरेका थिए । सभापति सिंहले बसपार्कका टिकट काउन्टरमा पुगेर तोकिएको मूल्यमा मात्र टिकट बेच्न बस व्यवसायी प्रतिनिधिलाई निर्देशन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.