बझाङ /
बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।
छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी {एमाले}का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गरेका छन।
नेपाल कम्युनिष्ट पार्टी {एकीकृत समाजवादी}का दिलबहादुर सिंहले ५१ र नेपाल कम्युनिष्ट पार्टी {माओवादी केन्द्र}का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन्।