सुचना, समाचार र मनोरन्जन

डेंगु संक्रमित ४० हजार नाघे

काठमाडौँ/

काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ । डेंगुको संक्रमणको जोखिम केही जिल्लाहरूमा अझै बढ्न सक्ने विज्ञको अनुमान छ । गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप लिएको डेंगु केही दिनयता उपत्यकासहित केही जिल्लामा बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।

यो वर्ष सबैभन्दा धेरै डेंगुबाट प्रभावित भएका सुनसरी, झापा, धादिङ, मोरङलगायत जिल्लामा संक्रमणदर घट्दै गएको छ । तर, गोरखा, कास्की, तनहुँ, काठमाडौंमा भने बढ्दै गएको छ । महाशाखाको तथ्यांक अनुसार यसवर्ष डेंगु संक्रमण ७६ जिल्लामा देखिसकेको छ । डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने खालको रोग भए पनि यो सरुवा रोगभित्र नै पर्छ । डेंगु संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर सोही लामखुट्टेले अर्को व्यक्तिलाई पनि टोकेमा डेंगुको संक्रमण अर्को व्यक्तिमा पनि हुन्छ ।

विज्ञहरु दसैंको समयमा डेंगु प्रभावित क्षेत्रबाट गाँउघरमा फर्किनेहरु बढी हुँदा डेंगु नफैलिएको क्षेत्रमा पनि डेंगु बढ्सक्ने सरुवा रोग विशेषज्ञ डा। शेर बहादुर पुन बताउँछन ।‘स्थानीय ठाउँमा रहेको लामखुट्टे वृद्धि–विकास भइरहेको रहेको ठाउँ बढि जोखिममा हुन्छ’, डा। पुन भन्छन्, ‘भखरै संक्रमित भएका बिरामीको शरीरमा भाइरस रहिरहेको हुन्छ । स्थानीय लामखुट्टेले बिरामीलाई टोक्दा लामखुट्टे पहिला संक्रमित भएर अन्य व्यक्तिलाई संक्रमण गराउन सक्छ ।’

सन् २०२३ सुरु भएदेखि हालसम्म ४० हजार ५३१ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, संक्रमणका कारण हालसम्म २० जनाले ज्यान गुमाइसकेका छन् । महाशाखाको पछिल्लो तथ्यांक हेर्ने हो भने संक्रमणदर विस्तारै बढेको देखिन्छ । अहिले डेंगु मिल्दा जुल्दा लक्षण लिएर अस्पताल पुग्नेहरूको संख्या कायमै रहेको डा। पुन बताउँछन् ।

मनसुन सकिएपछि डेंगुको संक्रमण बढ्ने गरेको छ । तर, यसको जोखिम केही समयसम्म रहन्छ । मनसुन सकिए पनि नेपालमा डेंगुको संक्रमण रोकिएको छैन । तापक्रम घट्दै जाँदा डेंगुको जोखिम पनि कम हुँदै जाने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखा प्रमुख डा। गोकर्ण दाहाल बताउँछन् ।

तापक्रम घट्दै जाँदा डेंगु जोखिम पनि कम हुँदै जाने उनको भनाइ छ । तर, संक्रमणको जोखिम भने कात्तिक महिनासम्म रहिरहने डा। दाहालले बताए ।

Leave A Reply

Your email address will not be published.