सुचना, समाचार र मनोरन्जन

कोलकातालाई आइपीएल जिताएका गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्ने पक्का

काठमाडौं /

भारतीय टिमका पूर्व क्रिकेटर तथा कोलकाता नाइट राइडर्सका मेन्टर गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने लगभग पक्का भएको छ । क्रिकबजसँग कुरा गर्दै आईपीएल फ्रेन्चाइजीका मालिकले भने – गम्भीर कोच बन्ने लगभग निश्चित छ र छिट्टै घोषणा गरिनेछ।

क्रिकबजको रिपोर्टका अनुसार शाहरुख खानले पनि यसबारे जानकारी पाएका छन् । बीसीसीआईको नियम अनुसार गम्भीर टिमको मुख्य प्रशिक्षक बनेमा उनले केकेआरको मेन्टरशिप छोड्नुपर्नेछ । सोमबार {मे २७} प्रशिक्षक पदका लागि आवेदन दिने अन्तिम मिति थियो । गम्भीरले यो पदका लागि आवेदन दिएको सम्भावना छ । तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

राहुल द्रविड हाल भारतीय टिमका मुख्य प्रशिक्षक छन् । उनको कार्यकाल अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपपछि समाप्त हुनेछ । नयाँ मुख्य प्रशिक्षकको चयन टी–२० विश्वकप चलिरहेका बेला हुनेछ । उनको कार्यकाल जुलाई १, २०२४ देखि सुरु हुनेछ र डिसेम्बर ३१, २०२७ सम्म रहनेछ। यस अवधिमा भारतीय टोलीले आईसीसीका ५ वटा प्रतियोगिता खेल्नुपर्नेछ । जसमा च्याम्पियन्स ट्रफी, टी-२० विश्वकप र एकदिवसीय विश्वकपका साथै विश्व टेस्ट च्याम्पियनसिपको २ चक्र समावेश छ।

कोलकाता टीम आईपीएल २०२४ को च्याम्पियन हो । गम्भीर यस सिजन कोलकाताका मेन्टरको भूमिकामा थिए । आइतबार खेलिएको फाइनल खेलपछि गम्भीर बीसीसीआइ सचिव जय शाहलाई भेट्न आएकाले उनलाई भारतको मुख्य प्रशिक्षक बन्ने अड्कलबाजी बढेको थियो ।

४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरमा कोचिङको अनुभव छैन। उनले आईपीएलका दुई फ्रेन्चाइजीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनी आईपीएल २०२२ र २०२३ मा लखनऊ सुपर जायन्ट्सका मेन्टर थिए। २०२४ सिजनमा उनी केकेआरमा सामेल भएयो। गम्भीरले एलएसजीमा बसेको पहिलो दुई सत्रमा टोलीलाई प्लेअफमा पुर्‍याएका थिए। योसँगै केकेआरले यो सिजनको उपाधि जितेको छ ।

एक खेलाडीको रूपमा गम्भीर २००७ मा टी(२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्ने भारतको टोलीको हिस्सा थिए। उनले २०११ देखि २०१७ सम्मका सात आईपीएल सत्रहरूमा केकेआरको कप्तानी गरे। उनी पाँच पटक प्लेअफका लागि पनि छनोट भएका छन्। कप्तानको रूपमा उनले २०१२ र २०१४ मा दुई उपाधि जितेका थिए।

Leave A Reply

Your email address will not be published.