सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

जसपा नेपालको अध्यक्षमा पुनः यादव

  • काठमाडौँ/
IVF Big

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । जनकपुरमा जेठ २८ गतेदेखि जारी महाधिवेशनमा नयाँ कार्यसमितिका लागि भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।

२०६३ मा मधेसी जनअधिकार फोरम नेपाल दर्ता गराएपछि उपेन्द्र यादवले सामना गरेको यो दोस्रो महाधिवेशन हो । यद्यपि जसपा नेपालले यसलाई प्रथम एकता महाधिवेशन भनेको छ । सामाजिक संस्थाको रूपमा गठन भएको मधेसी जनअधिकार फोरम नेपालको अध्यक्षमा उपेन्द्र यादव २०५४ मै चयन भएका थिए । त्यही मधेसी जनअधिकार फोरम नेपाल विभिन्न रूप लिँदै जनता समाजवादी पार्टी नेपालसम्म आइपुगेको हो ।
जसपा नेपालमा उपेन्द्र यादवलाई महन्थ ठाकुर, राजेन्द्र महतो, डा.बाबुराम भटट्राई, महिन्द्र राय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठबाट भय थियो । उनीहरूले पार्टीको अध्यक्षमा दाबी नगरेपछि यादब संवत: अध्यक्षमा नियुक्त भएका हुन।

Leave A Reply

Your email address will not be published.