पोखरा /
नेपाल पर्यटक यातायात व्यवसायी संघ {एनटिभिए} गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पर्यटन यातायात क्षेत्रका मजुदर९चालक(सहचालक० तथा व्यवसायीका लागि दुई दिने तालिम आजदेखि सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्यटनमैत्री वातावरणका लागि यातायात व्यवस्था राम्रो हुनुपर्नेमा जोड दिए । यातायात व्यवस्थालाई सहज एवम् प्रभावकारी बनाउनका लागि राम्रो इन्जिनियरिङ भएको बाटो, सबारीसाधनको राम्रो इन्जिनका साथै यातायात शिक्षाको पालना आवश्यक भएकोमा उनले जोड दिए ।
पर्यटक यातायात सेवामा सञ्चालन हुने सवारी साधनमा इम्बोष्ड नम्बर पहिचान दिने खालको बनाउन आवश्यक पहल भैरहेको बताउँदै उनले पहिचान भएको इम्बोष्ड नम्बर प्राप्त हुने विश्वास व्यक्त गरे ।
एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहालले २४० प्रतिशत भन्सारका साथै वार्षिक नविकरण लगायतका कारणले पर्यटक यातायातका साधनहरू खरिद एवम् सञ्चालन खर्चिलो भएको बताए । विदेशी ठूलाठूला सवारी साधनहरू स्थानीय दृश्यावलोकन गन्तव्यमा पुग्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनिरहेको बताउँदै उनले ती सवारी साधनलाई व्यवस्थित पार्किङ गरी स्थानीय सवारीसाधनबाट दृश्यावलोकनको व्यवस्था मिलाउनु जरुरी रहेको बताए। पर्यटक यातायात सेवाको प्रभावकारिताका लागि तालिम आयोजना गरिएको बताउँदै उनले तालिममा १०० जना भन्दा बढीको सहभागिता रहेको जानकारी दिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नविन पोखरेलले पर्यटक सवारी साधनहरूप्रतिको विश्वसनीयतालाई कायम गर्दै प्रभावकारी सेवामा निरन्तर लाग्नुपर्ने बताए ।
एनटिभिए गण्डकीका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुुरुङले पर्यटक सवारी साधनको प्रभावकारिताका लागि वार्षिक क्यालेन्डर अनुसार नै यातायात क्षेत्रमा कार्यरत मजदुर {चालक-सहचालक} तथा व्यवसायीका लाति तालिम दिंदै आइएको बताए ।
यस किसिमका तालिम दिदै आइएपनि बढ्दो विदेशिने क्रमले तालिमप्राप्त जनशक्ति टिकाउन भने मुस्किल हुने गरेको उनको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले हरियो नम्बर प्लेटका पर्यटक सवारी साधनहरु अधिकांशतः कम दुर्घटना हुनुका साथै राम्रो कण्डिशनमा रहने गरेको अनुभव सुनाए ।
एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दहालको अध्यक्षता एवम् महासचिव विकास कंडेलले सञ्चालन गर्नुभएको कार्यकम्रमा प्रथम उपाध्यक्ष रवि आचार्यले स्वागत गर्नुभएको थियो । तालिमको संयोजकमा एनटिभिए गण्डकीका द्वितीय उपाध्यक्ष सूर्यबहादुर गुरुङ राखेका थिए ।