काठमाडौ/
टि-२० बिश्वकप फाइनलमा भारतले अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दुबै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छैनन् ।
पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।
भारतले सन् २००७ को टी-२० विश्वकप फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । सन् २०१४ को टी-२० विश्वकप फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले हारेको थियो । उता दक्षिण अफ्रिका कुनै पनि विश्वकपको पहिलो पटक फाइनल खेल्दैछ ।
जारी विश्वकपमा दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् ।