सुचना, समाचार र मनोरन्जन
tigar

गुटेरेसले संसदलाई सम्बोधन गर्नुअघि राष्ट्रिय सभा अध्यक्षसँग भेट गर्ने

काठमाडौँ/

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासाग भेट गर्ने भएका छन् । आज मंगलबार दिउँसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रियसभालाई सम्बोधन गर्नुअघि महासचिव गुटेरेसले अध्यक्ष तिमिल्सिनासँग भेट गर्ने भएका हुन् ।

sfal

अध्यक्ष तिमिल्सनाको सचिवालयले जनाएअनुसार गुटेरेस लुम्बिनीबाट काठमाडौं फर्किएलगत्तै दिउँसो तीन बजे सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेट गर्ने कार्यक्रम रहेको छ । तीनदिने औपचारिक नेपाल भ्रमणमा आएका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि उपस्थितिका लागि निमन्त्रणा दिइएको छ । आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविर पुगेर लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न आइपुग्ने कार्यक्रम छ ।

महासचिव गुटेरेस बुधबार फर्किनेछन् ।

Leave A Reply

Your email address will not be published.