सुचना, समाचार र मनोरन्जन
IVF New Banner

शासकहरुका कारण नेपाल विकसित हुन सकेनः ओली

काठमाडौँ/

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन्। मंगलबार काठमाडौँमा आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

Safal
IVF Post

उनले नेपालीहरु लामो समयसम्म हातमुख जोड्न नै लागिपरेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताए। विभिन्न कालमा शासन गर्नेहरुले जनतालाई अवसरबाट बञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ थियो।

उनले भने, ‘लामो समयसम्म त हामी हातमुख जोड्ने समस्यामा नै लाग्यौँ। हामीलाई त्यस प्रकारका अवसरहरु लिनै दिइएन। राण शासन र त्यो भन्दा अगाडि हामीले अरु कुनै शासनलाई पनि जोगाइरहनु हुँदैन। राणा गए, अब अरु शासन चाहिँ राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन। त्यसभन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा होरु जनताले गर्दा त होइन। शासकहरुको कारणले हो।’

Leave A Reply

Your email address will not be published.