सुचना, समाचार र मनोरन्जन
Sarangi

हिजोको साथी, आज दुस्मन: चोरतन्त्र कि परतन्त्र ?

अस्थिर राजनीतिले जन्माएका नवनायकहरूको आफ्नै रामकहानी छ । ओली र देउवाका लागि प्रचण्ड पनि नवनायक नै हुन् । नवनायकहरूको चल्ती खाता बन्द गर्न मात्रै यो असारे मिलन भएको हो भने यो मिलनको औचित्य छैन ।

हिराबहादुर कार्की /

एउटै मान्छे कहिले विष कहिले अमृत कसरी बन्न सक्छ ? यति सजिलै किन भत्कन्छ बनेको विश्वास ? बनाना रिपब्लिकको राजनीतिमा हरघडी सम्भव छ । यहाँ कसैका लागि कसैको कायाकल्प हुन खासै बेर लाग्दैन । ओली, प्रचण्ड र देउवाको त्रिकोणात्मक रोमान्स हेर्नुभएकै छ । लोकका लागि यो रोमान्स प्राणघातक रोग भैसक्यो, उनीहरूको रोमान्स बन्द हुँदैन । एउटै गठजोडसँग लामो रोमान्स सायद अचाक्ली बोरिङ हुन्छ त्यसैले होला कहिले एउटासँग, कहिले अर्कोसँग चलेको चल्यै छ । हाँस्छन् कसरी, निदाउँछन् कसरी, मौका पाए नाप्नु हुन्थ्यो उनीहरूको निद्रा र खुसीको स्कोर ।

ओली–प्रचण्ड रोमान्स कसलाई बोरिङ लाग्यो ? कसैलाई त बोरिङ लागेरै होला वा अहङ्कार, सङकट र अङ्कले जुरायो होला एमाले काँग्रेसको पुन्यमिलन वा पुनर्मिलन । अथवा, यहाँ कोही त खेलाडी छ जो ब्ल्याकमेलिङ रोमान्सको सङ्क्रमणले ग्रसित छ । यसरी फेरी एकपटक प्रचण्ड जादुगिरीको चल्ती खाता बन्द भयो । र प्रचण्ड गर्मीबिच कमरेड प्रचण्डको हातबाट सत्ता फुस्किने निश्चित भयो । यस एमाले–काँग्रेस मिलनको प्रस्तावित औचित्य, गन्तव्य वा उद्देश्यलाई अनेक अलङ्कारले पोत्ने प्रयत्नमा प्रथम हुने दौड छरपस्ट छ । जति नै अलङ्कारले पोते पनि असली स्वार्थ त छर्लङै छ, सत्ताको सुनपानी । निन्दा गर्नेहरू पनि उत्तिकै छन् तर अब केही समय चल्ने ओली–देउवा रोमान्स सम्झेर ¥याल पनि काढ्दैछन् ।

एमाले र काँग्रेसको यो मौसमी मिलनमा टाउको दुखाउनुको अर्थ रहेन । दुवै दलका कार्यकारी अभ्यासहरूको साक्षी बसेका हरकोही जानकार छ यी दुवै दलबिच न त स्वभाव न अभ्यासमा नै कुनै तात्विक फरक छ । उद्देश्य, आवश्यक्ता र चुनौती पनि उस्तैउस्तै छ । सम्भवत, त्यही उद्देश्य प्राप्ति, आवश्यकताको सम्बोधन र चुनौतीको समाधानका निमित्त रचिएको नयाँ कहानी हो यो । कहिँकतै यिनका घोषणापत्रमा जस्तो फरक देखिनु भ्रामक संयोग मात्रै हो । तसर्थ सानो देशमा हात्ती जत्रो राजनीतिभित्र यस्ता मिलनविछोड सामान्य रूपमै लिइनुपर्छ । गहिराइमा गए सायद डुबेरै मरिएला तर केही भेटिँदैन । नेपाली राजनीतिमा यस्ता मिलनविछोडका कहानी झ्याउलाग्दो भैसक्यो । नियन्त्रणभन्दा परको विषयमा चिन्ता÷चिन्तन व्यर्थ छ । यो अस्थिरतामा लोकतन्त्र न बाँच्न सक्छ न बचाउन सकिन्छ ।

त्यसैले हामी र भूपी शेरचनको “हामी” भित्रको हामीमा एकरति फरक छैन । हामी र कुमार नगरकोटीको “दलमग्न दलदास” भित्र दलहरूको दलदलमा फसेको हामीबिच एकरत्ति फरक छैन । दुईदिनको रामकहानी भए पनि एमाले–काँग्रेस असारे मिलनको महत्व जसका लागि छ, उसैले जानोस् । हाम्रै लागि, हाम्रो लोकका लागि, र यो लोकतन्त्रका लागि यसको कुनै अर्थ छैन । कमरेड प्रचण्डले केही दिन रोईलो गर्ने पक्का छ, कानुनी दाउपेच खेल्ने सम्भावना पनि उत्तिकै छ । के गर्नु, ओलीले थमाएको डिभोर्स पेपरमा हस्ताक्षर गर्नैपर्ने वाध्यता जो छ, दाउपेच त खेल्नै पर्यो । उनले खाएका र खुवाएका लोप्पाहरूको समीक्षा उनैले गर्लान् । तर यसपालीको लघुताभासले पनि उनलाई पक्कै लामो समय गिथोलिरहने छ ।

के तपाईंलाई थाहा छ अस्तिभर्खरै ओलीका विरुद्ध सँगै लडेको ग्याङमेम्बरमाथि अविश्वास जगाएर कुन मोहले देउवालाई ओलीकहाँ पु¥यायो ? समयले मानिसलाई कहाँकहाँ पु¥याउँछ… । थाहा छैन, समयले हो वा मोहले । अपार विश्वासको मत लिएका प्रचण्डको ओली वा देउवामध्ये कुनै एकलाई पनि फकाउन नसक्ने जादुयी क्षमता कता बिलायो ? झस्केर दुख्छ यो मुटु मेरो…।

अस्थिर राजनीतिले नागरिकको सर्वस्व लुटेको छ । सत्ता सम्हाल्ने व्यक्तिहरू बदलिनु स्वभाविक हो । अस्वाभाविक चैं के हो भने, त्यो व्यक्ति सर्वसत्तावादी बन्छ । राज्यका हरेक संयन्त्र स्वअनुकुल बनाउन खोज्छ । यहि मिलनको घडी पारेर डा. साब, बाबुराम भट्टराईले सन्दर्भ बुझौं भनेर स्वाद फेरेका छन् । हो डा. साब, सबैलाई सँधैभरी ठग्न सकिदैन । तर हाम्रो बनाना रिपब्लिकमा हामी सँधै ठगिएकै त छौं । कि डा. साबलाई त्यसको हेक्का छैन ?

उनले भन्ने गरेको अन्तिम इनिङ यसरी सकिएला, उनले सोंच्न थालेको सायद् धेरै दिन भएको थिएन । उनका नजिकका व्यक्तिहरूलाई पक्कै थाहा छ, प्रचण्डले भनेको अन्तिम इनिङ यो होइन, आउँदै छ । उनलाई पनि सायद लागिसक्यो, प्रधानमन्त्रीको पद बल्ल तीन पटक मात्रै त भयो, ५, ६ पटकसम्म प्रधानमन्त्री बनेका व्यक्तिहरू अझै कस्सिरहेकै छन् । १० ले त ताकिबसेको छ, म त ३२ । बनाना रिपब्लिकमा सबैलाई थाहा छ, पावर नै निर्विकल्प सत्य, सत्य नै पावर हो । कहिलेकाहीँ तपाईंलाई पनि लाग्दैन कि यो लोकतन्त्र होइन, चोरतन्त्र हो ? जनतादेखि नेतासम्म चोरैचोर । शासक पनि चोर, शासित पनि चोर । शान्तिचोर, समृिद्धचोर, विकासचोर, विवेकचोर, करचोर, अर्थात् चोरतन्त्र ।

गणेशप्रसाद तिमिल्सिनाले भनेको याद आयो: “केपी ओलीजी जेलमा हामीसँगै थियौं, त्यति बेला पनि चेसमा उहाँलाई कसैले हराउन सक्दैनथ्यो ।” कमरेड खड्गप्रसाद ओलीज्यूसँग सोध्नुपर्ने छ । ओलीको चेसबोर्डमा रवि लामिछाने को थिए ? ऊँट, घोडा, हात्ती, मन्त्री वा सिपाही के थिए ? अनि, अहिले देउवा नि ? उनलाई कहिलेकाहीँ लाग्छ वा लाग्दैन कि केपी ओली राजनीतिज्ञभन्दा बढी गणितज्ञ हो ? उनी पढ्ने मान्छे, भूपी शेरचनको “हामी” कविता पढेका छन् ? के हामी भूपीकै हामी हो ? कि ओली चेसबोर्डमा हामी नेपाली फगत प्युसो हौं ? महोदय, यो मिलनको औचित्य हामी र लोकतन्त्रका लागि केही छ ? उनलाई, प्रचण्ड प्रस्तावभन्दा देउवाको प्रस्तावमा लोभ किन लाग्यो होला ?

के तपाईंलाई थाहा छ अस्तिभर्खरै ओलीका विरुद्ध सँगै लडेको ग्याङमेम्बरमाथि अविश्वास जगाएर कुन मोहले देउवालाई ओलीकहाँ पु¥यायो ? समयले मानिसलाई कहाँकहाँ पु¥याउँछ… । थाहा छैन, समयले हो वा मोहले । अपार विश्वासको मत लिएका प्रचण्डको ओली वा देउवामध्ये कुनै एकलाई पनि फकाउन नसक्ने जादुयी क्षमता कता बिलायो ? झस्केर दुख्छ यो मुटु मेरो…।

यहाँ कुनै वैचारिक द्वन्द्व छ भन्यो भने तपाईंलाई हाँसो उठ्ला । वैचारिक धार देखाउने कुरा मात्रै हो । बरू यी सबैले एउटै आवाजमा प्रष्ट पारिदिए हुन्थ्यो कि हामी नेपाली स्वाधीन होइन पराधीन छौं । नानाथरी वादका नौटङकीको अन्त्य हुन्थ्यो, उनीहरूलाई पनि सजिलो । भ्रमबाट बाहिर आउँथ्यौं, हामीलाई पनि सजिलो । कसैले मित्र बनाइदिन्छ, मित्र भयो । कसैले शत्रु बनाइदिन्छ, शत्रु भयो । होइन भने, हिजोको साथी आज दुस्मन कसरी बन्छ ? बनेको विश्वास किन भत्कन्छ ?

प्रचण्डले विश्वास पाए, त्यही विश्वास गुमाए । पाएरै त गुमाएको हो । नपाएको विश्वास गुमाउन पर्दैन । तसर्थ उनले सत्ता छोडेर ३२ ले तोकिदिएको स्थानमा बस्नका लागि धेरै सोंच्नै पर्दैन । ३२ को सट्टा ३ भएको भए नेकपा माओवादी केन्द्रलाई फाइदा हुन्थ्यो । कम्तिमा कार्यकर्ता, जनताको बिचमा पुग्ने काम हुन्थ्यो । गुमाएका नेता, कार्यकर्तालाई सम्झाउने बुझाउने कोसिस चल्थ्यो । माओवादी केन्द्रसँग निराश भएका जनतासँग संवाद हुन्थ्यो । कम्तिमा ८४ सालमा ४२ आउँथ्यो । हुन त, दुख सबैका हुन्छन् । प्रचण्डको पनि आफ्नै दुख होला ।

अस्थिर राजनीतिले जन्माएका नवनायकहरूको आफ्नै रामकहानी छ । ओली र देउवाका लागि प्रचण्ड पनि नवनायक नै हुन् । नवनायकहरूको चल्ती खाता बन्द गर्न मात्रै यो असारे मिलन भएको हो भने यो मिलनको औचित्य छैन । संविधान संशोधन कुन दिशामा गर्ने ? अग्रगामी वा पश्चगामी ? लोककल्याण वा स्वकल्याण ? अथवा, कुनै सेडिस्ट अभ्यासको नमुना मात्रै हो ? यो सबै बकवास हो र बाँकी सबै परतन्त्रको परिणाम ?

यहाँ कुनै वैचारिक द्वन्द्व छ भन्यो भने तपाईंलाई हाँसो उठ्ला । वैचारिक धार देखाउने कुरा मात्रै हो । बरू यी सबैले एउटै आवाजमा प्रष्ट पारिदिए हुन्थ्यो कि हामी नेपाली स्वाधीन होइन पराधीन छौं । नानाथरी वादका नौटङकीको अन्त्य हुन्थ्यो, उनीहरूलाई पनि सजिलो । भ्रमबाट बाहिर आउँथ्यौं, हामीलाई पनि सजिलो । कसैले मित्र बनाइदिन्छ, मित्र भयो । कसैले शत्रु बनाइदिन्छ, शत्रु भयो । होइन भने, हिजोको साथी आज दुस्मन कसरी बन्छ ? बनेको विश्वास किन भत्कन्छ ?

प्रिय प्रचण्ड, तपाईंबाट धोखा पाएकाहरू एकाएक एक भएछन् । मिलिजुली आक्रमणबाट जोगिन तपाईंलाई भगवान पशुपतिनाथले अथाह शक्ति र विवेक प्रदान गरून् । शुभकामना !

Leave A Reply

Your email address will not be published.