पोखरा /
बुहारी ग्रुप अफ नेपालको चौथो स्थापना दिवसको अवसरमा पोखरामा विशेष कार्यक्रमहरु बीच सम्पन्न गरिएको छ । दिवसको अवसरमा छोरेपाटन स्थित मानव सेवा आश्रममा विभिन्न अत्यावश्यक सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
सामाजिक सेवा र दुखेको घाउमा मलम बनेर हिँडिरहेको बुहारी ग्रुप धेरै ठाउँमा उपचार खर्च बिना तड्पिएको लाचार, असहाय बिरामीहरुलाई सहयोग गर्दै आइरहेको बुहारी ग्रुप अफ नेपाल कि संस्थापक अध्यक्ष लक्ष्मी तिवारी बताइन् ।
उनका अनुसार बुहारी ग्रुप मा नेपाल भित्र र विदेशी नेपाली बुहारीहरु सहित करिव ९० हजार जना सदस्य रहेका छन् । कार्यक्रममा काभ्रे,काठमाण्डौ,चितवन, स्याङ्जा,बागलुङ,पर्वत,कास्की लगायतका ठाउँबाट सदस्यहरुको उपस्थित रहेको बुहारी ग्रुप मोडरेटर पूजा कार्की शर्मा बताइन् ।