सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

एकीकृत समाजवादीले मापदण्ड बनाएर केन्द्रिय सदस्य चयन गर्ने

काठमाडौँ/

नेकपा एकीकृत समाजवादीले मापदण्ड बनाएर केन्द्रीय सदस्य चयन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले बताए ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिएको थियो ।

IVF Big

म्याण्डेट अनुसार, पहिलेका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ । त्यसरी बनेको ९३ जनाको केन्द्रीय कमिटीले थप केन्द्रीय सदस्य चयन गर्न मापदण्ड बनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको महाधिवेशन अघि बसेको सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकले अर्को निर्णय नभएसम्म महाधिवेशन अगाडि भएको नेताहरुको जिम्मेवारीलाई यथावतः राख्ने निर्णय पनि गरेको छ । अर्को बैठक भोलि ९आइतबार० बिहान ११ बजे बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.