सुचना, समाचार र मनोरन्जन

नेपालमा कृषि उपज बेच्ने परिवार एक प्रतिशत मात्रै

काठमाडौँ /

नेपालमा कृषि उपज बेच्ने परिवार १ प्रतिशत रहेको पाइएको छ । नेपालमा व्यावसायिक कृषि वस्तु उत्पादन १.१ प्रतिशत मात्रै रहेको पाइएको हो।

कृषि अर्थविज्ञ डा.देवेन्द्र गौचनका अनुसार आफ्नो उत्पादन आफै उपभोग गर्ने परिवार झन्डै ६९ प्रतिशत छन् । उनका अनुसार मुख्य रूपमा उपभोग गर्ने र केही बचेको बेचिदिने परिवार झन्डै २५ प्रतिशत छन् । ‘मुख्यरुपमा बेच्ने र केही उपभोग गर्ने परिवार ५.४ र सबै बेच्ने १.१ प्रतिशत मात्रै छ,’ उनले भने, ‘ यो हेर्दा करिब ७ प्रतिशत घरपरिवारले उपजहरू बेच्ने गरेको देखिन्छ ।’

उनले गहिरो र दिगो सरल रेखाबाट हुने प्रणालीगत परिवर्तनबाट कृषि रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनका अनुसार सरल रेखाबाट हुने प्रणालीगत परिवर्तनले सांस्कृतिक, राजनीतिक, प्राविधिक, आर्थिक, सामाजिक र वातावरण प्रक्रिया समावेश हुन्छ ।

Leave A Reply

Your email address will not be published.