सुचना, समाचार र मनोरन्जन

दश वर्षपछि अरुणिमा लम्सालको वेब सिरिजमार्फत कमब्याक

काठमाडौं :

अभिनेत्री अरुणिमा लम्साल दश वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्। अमेरिकामा धमाधम छायांकन भइरहेको निर्माण पक्षले जानकारी दिएको छ। दश वर्ष अघि फिल्म ‘पिपल’मा अभिनय गरेर अमेरिका हिडेकी अरुणाको यो कमब्याक हो।

Pach Pandav

अभिनेता बिमलेश अधिकारीले निर्देशन गरिरहेको सिरिजमा उनी आफैले पनि अभिनय गरिरहेका छन्। एक कार्यक्रमको शिलशिलामा अमेरिका पुगेका अभिनेता अधिकारीले फिल्म ‘ब्रेकफेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए। उनको पछिल्लो समय सन् २०१६ मा ‘जंग बहादुरको कोट’ मा अभिनय गरेका थिए। उनी नेपालमा रहँदा म्युजिक भिडियोमा अभिनय र निर्देशनमा व्यस्त रहदै गर्दा अमेरिका भाँसिएका थिए।

सिचुएशनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए। विवेक चम्लागाईंले लेखेको यो सिरिजमा गोप्य रूपमा लिभ–इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ। यस सिरिजमा अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल,खेम शर्माका अलवा आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले पनि अभिनय गर्दैछन्।

सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि बिमलेशको नै हो। यसमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइलीको सहायक निर्देशन, पशुपति बस्यालको छायांकन र अप्सरा कटुवालको मेकअप रहेको अभिनेता अधिकारीले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.