सुचना, समाचार र मनोरन्जन

ब्युटीपार्लर एसोसियसनमा नयाँ नेतृत्व

पोखरा /

ब्युटीपार्लर एसोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की चुनिएकी छन् । एसोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चुनेको हो ।

वरिष्ठ उपाध्यक्षमा चित्रकुमारी थापा, उपाध्यक्ष सोमना शाक्य, महासचिव माया विश्वकर्मा र सहसचिवमा पुष्पा पौडेल सर्वसम्मत भए । सदस्यमा कामना गुरुङ, मञ्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ छन् ।

ब्युटीपार्लर एसोसियसन कास्की अध्यक्षमा छाँया ढकाल, उपाध्यक्ष सुनिता गुरुङ, सचिव शिशिर गोदार, उपसचिव हिमलादेवी गुरुङ, कोषाध्यक्ष शान्ता लामिछाने र स कोषाध्यक्षमा प्रभा वैद्य निर्वाचित भएका छन् । सदस्यमा सुशीला केसी, प्रमिला जोशी, टीका पुन, पूर्णकला गुरुङ र निकिता गुरुङ छन् ।

संस्थाको लेखनाथ इकाइ अध्यक्षमा शोमा पौडेल, उपाध्यक्ष पवित्रा गौतम, सचि शिल्पा परियार, सहसचिव लक्ष्मी कुमाल र कोषाध्यक्षमा अमृता गुरुङ चयन भएका छन् । रश्मि गिरी, सुस्मिता खड्का, पार्वती हरिजन, बिन्जु गोदार र अस्मिता परियार सदस्य छानिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई सबल बनाउन व्यवसायहरुको ठूलो भूमिका रहने जनाए । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका महिला अध्यक्ष चिनु गुरुङ, संस्थाकी गण्डकीका अध्यक्ष रुपकला श्रेष्ठ लगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.