सुचना, समाचार र मनोरन्जन

म्याग्दीमा चिर्पट प्रहार गरि दाजुको हत्या

म्याग्दीमा बुधबार चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका वडा नं. ५ मलम्पार रुटबाङटोलका ४२ वर्षीय धनबहादुर छन्त्याल मृत्यु भएको हो ।

सहोदर भाइ सोमबहादुर छन्त्यालले टाउकोमा चिर्पट प्रहार गर्दा धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Gokarna Karki

घरायसी विवादमा दाजुभाइबीभ झगडा भएको प्रहरीले जनाएको छ । धनबहादुरको हत्यापछि भागेका सोमबहादुरलाई राति नै स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक धनबहादुरका श्रीमती र दुई छोरी छन् ।

Leave A Reply

Your email address will not be published.