सुचना, समाचार र मनोरन्जन

मणिपाल अस्पतालमा नेपालकै सबैभन्दा धेरै सघन उपचार कक्ष

पोखरा/

पोखराको मणिपाल शिक्षण अस्पताल नेपालकै सबैभन्दा धेरै सघन उपचार कक्ष (आइसियु) भएको अस्पताल बनेको छ । यसअघि ९४ आइसियु सञ्चालन गर्दै आएको मणिपालले थप ७२ शैयासहित सुविधासम्पन्न आइसियु कक्ष थप गरको छ ।

शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कक्षको उद्घाटन गरे । १ सय ६६ आइसियुसँगै मणिपाल क्रिटिकल केयरमा नेपालकै ठूलो अस्पताल बनेको अस्पताल प्रशासनको दाबी छ ।

यसअघि सञ्चालित ९४ आइसियु अहिलेजस्ता अत्याधुनिक र सुविधासम्पन्न थिएनन् । अहिले सुविधासम्पन्न आइसियु थपिएपछि गण्डकीका बिरामीहरु अब राजधानी वा देशबाहिर जानुनपर्ने अस्पताल अध्यक्ष आनन्द बतासले बताए ।

उनका अनुसार ७२ शैया क्षमताको एड्भान्स लेभल–३ भनिने मल्टिडिसिपिनरी आइसियु कक्षमा २ वटा नेगेटिभ प्रेसर आइसोलेसन आइसियु क्याविन र ३ वटा प्राइभेट आइसियु क्याबिन समेत छन् । दू्रतगतिमा रोग सर्ने बिरामीको नेगेटिभ प्रेसर आइसोलेसन आइसियु क्याबिनमा उपचार गरिन्छ ।

उनले ल्याब्रोटरी, क्यान्सर उपचार कक्ष र वेलनेस सेन्टर सञ्चालनमा ल्याउने बताए । अबको ३ महिनामा सुविधासम्पन्न ल्याब्रोटरी सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।

उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालले थप सघन उपचार कक्ष संचाल गर्दा गण्डकी प्रदेशका जनताले सहजरुपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले महामारी र ठुला दैविक प्रकोकको समयमा प्रयाप्त आइसियु कक्ष नहुदाँ विरामीले सेवा पाउन नसकेको स्मरण गदै मणिपालको सेवा विस्तारले नागरिले सहज सेवा पाउने बताए ।

नवनिर्मित सघन उपचार कक्षमा मोनिटर, भेन्टिीलेटर, इसिजी, युएसजी तथा इको प्राणाली जडिट रहेको र जसले गर्दा विरामीहरुलाई धेरै सहज हुने अस्पतालका निर्देशक अभिशेक मास्कीले बताए ।

Leave A Reply

Your email address will not be published.