सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पृथ्वी राजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका काम नहुने

तनहुँ/

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वी राजमार्गमा वर्षायामभरि सडक स्तरोन्नतिका काम बन्द हुने भएको छ ।

IVF Big

मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्भर्ट र पर्खाल निर्माणलाई जोड दिइएको आयोजनाले जनाएको छ । मनसुन सक्रिय रहँदासम्म कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथमिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।

उहाँका अनुसार पहिरो जान सक्ने ठाउँमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायतका कार्य भइरहेका छन् । अहिलेसम्म पूर्वी खण्डमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये झन्डै ५३ किलोमिटर सडकमा कालोपत्र भइसकेको उहाँले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.