सुचना, समाचार र मनोरन्जन

राधाकृष्ण आश्रममा पोशाक वितरण कार्यक्रम सम्पन्न

पोखरा/
लायन्स अन्तरास्ट्रिय ,डीस्ट्रीक्ट ३२५ एम अन्तर्गत लायन्स क्लव अफ पोखरा भृकुटीको आयोजनामा पोखरा राधाकृष्ण सस्कृत विद्यालयमा पढीरहेका बिद्यार्थिहरुलाइ पोसाक बितरण कार्यक्रम सम्पन्न भएको छ ।

क्लवको अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षता एव लायन्स अन्तरास्ट्रिय ,डीस्ट्रीक्ट ३२५ एम अन्तर्गत क्लस्टर १ का क्लस्टर प्रमुख लक्ष्मण तिमिल्सिनाको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

Gokarna Karki

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र रेग्मी, राधाकृष्ण बृद्वाआश्रमको अध्यक्ष प्रेम लिगल, डीस्ट्रीक्ट ३२५ एलका सिनियर एओजि गुणानिधी पाण्डे, क्लवका पुर्व अध्यक्ष शकुन्तला आचार्य, दुर्गा अधिकारी, शोभा पौडेल, जोन चेयर पर्सन सम्झना रानाभाट लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रम सन्चालन सचिव कमला पान्डेले गरेका थिए ।

बिद्यालयमा अध्ययनरत ३१ जना बिद्यार्थिहरुलाइ टिसर्ट ,ट्र्याक सुट सहितका पोसाक हस्तान्तरण गर्नुको साथै क्लवले बृद्वाश्रम सन्चालनको लागि बीस हजार रुपैया नगद प्रदान गरेको क्लवको प्रथम उपाध्यक्ष सुशिला पराजुलीले जानकारी दिए । क्लवको सदस्य शान्ती भुजेलको जन्मदीनको अवसरमा आश्रममा रहेका बुवा आमाहरु सङ्गै संयुक्त भोजन समेत गरिएको कार्यक्रम सम्योजक मल्लिका आचार्यले जानकारी दिएका थिए ।

Leave A Reply

Your email address will not be published.