सुचना, समाचार र मनोरन्जन
jaar

अमरदीप सुनुवारको तीज गीतमा प्रियंका कार्की छमछमी

काठमाडौं :

कवि तथा गीतकार अमरदीप सुनुवारको तीज गीत ‘गाँउ देखी सहर’ सार्वजनिक भएको छ। कवि तथा गीतकार अमरदीप सुनुवारले आफ्नो गीतको भिडियो समेत सार्वजनिक गरेका हुन्।

गीतमा अशोक मुकारुङको संगीत र मनमाबी राईको स्वर रहेको छ। राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडि़स योगेन मुकारुङले रेकड र मिक्सिंङ गरेका छन्। गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ। सौरव लामाको छायांकन, प्रिया रोकायको श्रृंङ्गार,कविराज गहतराजको नृत्य निर्देशन र मनोज कार्कीको सम्पादन रहेको छ।

कवि तथा गीतकार अमरदीप सुनुवार नेपाल सरकारको उपसचिव पदमा रहेर कुसल प्रसाकको भूमिका बहन गरिरहेका छन्। उनी ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवार सम्हालेर केहीदिन अगाडि मात्र त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल सरुवा भएका छन्। आफ्नो कार्य व्यस्ततासँगै गीत,कविता,फुटकर लेखहरु लेख्दै आउनु भएका कवी तथा गीतकार सुनुवार हाल ‘पृथ्वीको स्वेतपत्र’ कविता संग्रह प्रकाशनको अन्तिम चरणमा रहेको छ।

Leave A Reply

Your email address will not be published.