सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

संविधान असफल बनाउने छुट कसैलाई छैन: लेखक

काठमाडौं /

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेको संविधान असफल बनाउने छुट कसैलाई नरहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै लेखकले अहिलेको व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने राजनीतिक भाष्य निर्माण गर्न खोजिएको भन्दै संविधान असफल बनाउने छुट कसैलाई नरहेको बताएका हुन्।

IVF Big

उनले संविधान असफल भए मुलुक अप्ठेरोमा पर्न सक्ने भएकाले संविधान निर्माण गर्नेहरु एक ठाउँमा उभिन जरुरी रहेको बताए। उनले सदनलाई प्रभावकारी बनाए सरकार प्रभावकारी हुने भएकाले संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्नेमा जोड दिए।

संसदमार्फत सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, संसद्ले बनाएका कानुनको कार्यान्वयनका अवस्थाबारे अध्ययन गर्ने अभ्यास पनि विश्वव्यापी रुपमा रहको उनले बताए।

लेखकले संसद्लाई प्रभावकारी बनाउनका लागि संविधानको रक्षा गर्न कांग्रेस प्रतिबद्ध रहेको र सहमति, सहकार्य र समन्वय गरेर अघि बढ्न तयार रहको दाबी गरे।

उनले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दुःख व्यक्त गर्दै हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई सहजतापूर्वक सकुसल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए।

Leave A Reply

Your email address will not be published.