सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

थाई एयर एशियालाई भैरहवा उडानको अनुमति

काठमाडौँ/

थाइल्याण्डको बैङ्कक मुख्यालय भएको थाई एयर एशियाले बैङ्कक–भैरहवा हप्तामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियालाई हिजो भैरहवामा उडान अनुमति दिएको हो । थाई एयर एशियाले काठमाण्डौ र भैरहवामा उडान अनुमति मागेको थियो ।

IVF Big

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले हप्तामा काठमाण्डौमा तीन र भैरहवामा चार वटा उडान अनुमति दिएको हो । भैरहवामा अहिले हप्तामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ ।

काठमाण्डौबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौं आउने गरेको छ । ५८ वटा विमान भएको थाई एयर एशियाको नेपालको आधिकारिक एजेन्ट ९जिएसए० युनिभर्सल ट्राभल रहेको छ ।

Leave A Reply

Your email address will not be published.