सुचना, समाचार र मनोरन्जन

मलिकाको ‘सतीदेवी’को ट्रेलरमा मन छुने अभिनय,भदौ ७को पर्खाइ

काठमाडौं :

रंगपत्रकार तथा लेखक लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक भएको फिल्मको ट्रेलरले नेपाली समाजमा छोरालाई दिइएको महत्वको कथावस्तुबारे प्रकाश पार्छ । अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई फिल्मको ट्रेलरले प्रश्न गरेको छ भने छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई उठान गरिएको छ।

कृष्ण जन्माष्टमीको अवसर पारेर आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्ममा अभिनेत्री मलिका महत गाउँले चरित्रमा छन् । पत्रकार सम्मेलनमा मलिकाले यो फिल्म हेर्दा धेरैले आफ्नै भोगाई महसुस गर्ने विश्वास व्यक्त गरेकी छन्। फरक कथावस्तुमा निर्माण भएको यो फिल्मले दर्शकमाझ राम्रै छाप छोड्ने मलिकाको भनाई छ।

यता यस फिल्मका निर्देशक लक्ष्मण सुवेदीले फिल्ममा मनोरञ्जन र सन्देश दुवै रहेको बताए। उनले समाजमा छोरीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारलाई फिल्ममा उतार्न सफल भएको र दर्शकले यो फिल्म मन पराउनेमा ढुक्क रहेको दाबी गरे। उनी यो फिल्मले समाजमा परिवर्तन ल्याउने समेत बताए।

फिल्ममा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको पनि अभिनय छ। बाबु श्रेष्ठले छायांकन रहेको यो फिल्मले केही फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड जितिसकेको छ।

Leave A Reply

Your email address will not be published.