सुचना, समाचार र मनोरन्जन

असोज १७ मै आउने भयो सीतादेवीको ‘सानो संसार’

काठमाडौँ :

अर्जुन कुमारको निर्माणमा तयार भएको फिल्म ‘सानो संसार’ आगामी असोज १७ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले घटस्थापनाबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएको हो। फिल्मका निर्माता अर्जुन कुमारले बिहिबार फिल्मको एउटा पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन जानकारी दिएका हुन्। उनी भन्छन्,‘सानो संसार, ठुलो आशा ।’

Chaka Panja

यहि पारिवारिक कथावस्तुमा बनेको फिल्मबाट हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाले अभिनेत्रीमा डेब्यु गरेकी छन्। पोस्टरमा उनी गृहणीको रोलमा अभिनय गरेको अनुमान गर्न सकिन्छ। फिल्ममा सीताका अलवा राज पंगेनी शर्मा,अनु दाहाल,अन्जसा रिजाल, शिशिर सिवाकोटीको अभिनय छ। यी सबै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन्।

दुई महिना अगाडि फिल्मको छायांकन काठमाडौँ, धादिङ र नुवाकोटमा गरिएको थियो। अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्। सिद्धार्थले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन्। फिल्मको लेखन समेत निर्देशक पुडासैनीको छ।

Leave A Reply

Your email address will not be published.