सुचना, समाचार र मनोरन्जन
Sarangi

राष्ट्रिय सुरक्षा सल्लाहकारसम्बन्धी निर्देशिका खारेज

काठमाडौँ/

सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशिका खारेज गर्ने निणर्य गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले नगर विकास कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा तीन महिनाका लागि काम गर्ने गरी कोषका वरिष्ठ कर्मचारी उपप्रबन्धक प्रा. राजेशकुमार भोछिभोयालाई तोक्ने निणर्य गरेको छ ।

यसैगरी बैठकले नेपाल प्रहरीतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरोमा, श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा, किरण बज्राचार्यलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको छ ।

Leave A Reply

Your email address will not be published.