सुचना, समाचार र मनोरन्जन

अर्थमन्त्री र सचिवहरूबीच कार्य सम्पादन सम्झौता

काठमाडौँ/

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र सचिवहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टाछुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो ।

कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्ष गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्त्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिम परिचालन गरेर सचिवहरू र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरोा उत्रिने विश्वास व्यक्त गरे ।

अर्थसचिव घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामञ्जस्य कायम गरी सम्झौतामा उल्लेखित क्रियाकलाप कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.