सुचना, समाचार र मनोरन्जन

एमाले सुदूरपश्चिम अधिवेशनमा तिमिल्सिनासहित ३ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ/

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय सदस्य बनाउने समझदारीपछि उनले उम्मेदवारी फिर्ता लिएको स्रोतले बतायो ।

यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी फिर्ताको समय आज दिउँसो साढे १२ बजेसम्मका लागि थपिएको छ ।

Leave A Reply

Your email address will not be published.