सुचना, समाचार र मनोरन्जन

वषासंगै नारायणघाट–बुटवल सडक खण्डमा फेरि पहिरो: सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ/

पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा फेरि पहिरो झरेको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम भइरहेका बेला गएराति लेदोसहितको पहिरो झरेको हो ।

पहिरो झरेपछि केहीबेर सडक पूर्णरुपमा अवरुद्ध भएकोमा बिहान सामान्य पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख एवम् प्रहरी उपरिक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हिजो दिनभर सडक मर्मतको काम भए पनि सकिएको थिएन ।

आज बिहानैदेखि थप मर्मत गर्ने गरी हिजो सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर राति लेदोसहितको पहिरो झरेपछि राजमार्ग केहीबेर पूर्णरुपमा अवरुद्ध भएको थियो । सडक दुईतर्फी नै सञ्चालनका लागि प्रयास भइरहेको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.