सुचना, समाचार र मनोरन्जन

अभिनेत्री शुभेच्छा थापा अब निर्देशक : भद्रकालीमा गरिन्‘निःशब्द’को मुहुर्त

काठमाडौँ :

अभिनेत्री तथा निमात्री हुँदै अगाडि बढेकी शुभेच्छा थापा अब निर्देशकका रुपमा दर्शकमाझ आउने भएकी छन्। उनको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘निःशब्द’को शुभ मुहर्त समेत गरिएको छ।

Pach Pandav

सोमबार काठमाडौँको भद्रकाली मन्दिरमा यस फिल्मकोे शुभमुहुर्त गरिएको हो। मुहुर्त कार्यक्रममा निर्माण टिमले फिल्ममा तेस्रो लिङ्गीसंग सम्बन्धि घटना,विषय बस्तुलाई कथामा समेटेर निर्माण गर्न लागिएको जानकारी दिएको छ। फिल्मका छायांकन भने अब दुई दिन पछि हुने निर्देशक थापाले जानकारी दिइन्।

फिल्ममा निर्देशक थापाकै मुख्य भुमिका रहने छ। शुभेच्छा थापाका अलवा फिल्ममा ,सरोज दाहाल , उमेश खड्का, समीप निरौला,गोमा केसी, रश्मि भट्ट, शुशिला निरौला,कमल बोहोरा,रमेश ढकाल , सबिता खड्का, भगवान भन्डारी ,कल्पना बिसी संजय मुडभरी,माया देवि श्रेष्ठ, सहारा खड्का,हुमा गिरी,सागर हुमागाई,चन्द्र बहादुर गुरुङ,बन्दना गुरुङ,अनुप श्रेष्ठ,सुरेश पुडासैनी, प्रनिता तामाङ,मन महर्जन,गंगा गुरुङ, प्रकृति राणा मगर लगायत कलाकारहरुको अभिनय रहेको छ।

राधारमन मन्जिल मल्टीप्रपोज ग्रुपको ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता उमेश खड्का हुन्। कार्यकारी निर्देशक सरोज दाहाल रहेको यो फिल्ममा देव श्रेष्ठको द्वन्द निर्देशन,सौरभ दवाडीको पटकथा, विनोद बरालको सिनेमाटोग्राफी, शंकर विश्वकर्माको नृत्य निर्देशन हुनेछ। यो फिल्म तिहारपछि रिलिज गर्ने निर्माण टिमले जानकारी समेत दिएको छ।

Leave A Reply

Your email address will not be published.