सुचना, समाचार र मनोरन्जन

जापानका प्रधानमन्त्री किशिदा पार्टीको नेताको उम्मेदवार नबन्ने, देशले नयाँ प्रधानमन्त्री पाउने

काठमाडौं /

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी {एलडीपी}को नेताको चुनाबमा पुनः उम्मेदवारी नदिने निर्णय गरेका छन् । योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने भएको छ।

Gokarna Karki

फुमियो किशिदाले निर्णयको बारेमा भने, “पार्टीलाई नयाँ सुरुवात चाहिन्छ।” ६७ वर्षीया किशिदाले सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।

जापानमा किशिदाको समर्थन पनि घट्दै गएको छ । यसको पछाडि उनको पार्टी भ्रष्टाचार र घोटालाको आरोपमा फसेको बताइएको छ । यसबाहेक किशिदा सरकारले बढ्दो मुद्रास्फीति, येन {जापानी मुद्रा} को मूल्य घट्ने जस्ता समस्या पनि सामना गरिरहेको छ ।

किशिदाको पार्टीमा पनि उनको नेतृत्वमा आमनिर्वाचन जित्न सकिन्छ कि सकिन्न भन्ने शंका छ । निर्वाचन विश्लेषकहरूले बीबीसीलाई जापान अहिले पुस्ता परिवर्तनबाट गुज्रिरहेको र सत्तामा रहेको पार्टी आफ्नो छवि सफा गर्न संघर्ष गरिरहेको बताए।

Leave A Reply

Your email address will not be published.