पोखरा। पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटमा रहेको कुमुदिनी होम्सले विद्यालयका विद्यार्थीहरुबीच तहगत रुपमा अतिरिक्त क्रियाकलापहरु संचालन गरिरहेको छ ।
बुधबार १ देखि ६ कक्षासम्म विद्यार्थीबीच नृत्य प्रतियोगिता सम्पन्न गरेपछि बिहिबार ७ देखि १२ कक्षासम्मका बिद्यार्थीबीच नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा निमावितर्फ कक्षा ७ ख की आकृति कुँवर प्रथम भएकी छन् । कक्षा ७ ग की सरगम क्षेत्री दोश्रो र कक्षा ७ सी की आकृति गुरुङ तेश्रो भएकी छन् ।
सिनियरतर्फ कक्षा ९ देखि १२ सम्मको प्रतिष्पर्धामा कक्षा ९ ख का कस्मिन मगर प्रथम भएका छन् । कक्षा ९ ख की निशा छन्त्याल दोश्रो र कक्षा १२ बि की रुबिना राम्जाली मगर तेश्रो हुन सफल भएकी छन् ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको पढाईको साथमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए । विद्यार्थीमा यसले चौतर्फि विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । तर उनले विद्यार्थीको पहिलो प्राथमिकता अध्ययनमै हुनुपर्नेमा जोड दिए ।
सहप्राचार्य मन बहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमका संचालक शुरेन्द्र सदिक्षा तथा सहयोगी आधारभूत तर्फकी जोयना गुरुङ र रोजिना गुरुङ कक्षा ८ बाट, विलास्मा गुरुङ र श्रेयासी बाटाजु रहेका थिए ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कम्प्युटर एसोसिएसन नेपाल कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत
- नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
- धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
- तीन महिनादेखि विषादी परीक्षण बन्द
- सडकको पहुँचले मलैबासीलाई सहज
- राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
- आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा
- कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
कुमुदिनीमा खुल्ला नृत्य प्रतियोगिता: आकृति र कस्मिन प्रथम
Next Post