पोखरा। पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटमा रहेको कुमुदिनी होम्सले विद्यालयका विद्यार्थीहरुबीच तहगत रुपमा अतिरिक्त क्रियाकलापहरु संचालन गरिरहेको छ ।
बुधबार १ देखि ६ कक्षासम्म विद्यार्थीबीच नृत्य प्रतियोगिता सम्पन्न गरेपछि बिहिबार ७ देखि १२ कक्षासम्मका बिद्यार्थीबीच नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा निमावितर्फ कक्षा ७ ख की आकृति कुँवर प्रथम भएकी छन् । कक्षा ७ ग की सरगम क्षेत्री दोश्रो र कक्षा ७ सी की आकृति गुरुङ तेश्रो भएकी छन् ।
सिनियरतर्फ कक्षा ९ देखि १२ सम्मको प्रतिष्पर्धामा कक्षा ९ ख का कस्मिन मगर प्रथम भएका छन् । कक्षा ९ ख की निशा छन्त्याल दोश्रो र कक्षा १२ बि की रुबिना राम्जाली मगर तेश्रो हुन सफल भएकी छन् ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको पढाईको साथमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए । विद्यार्थीमा यसले चौतर्फि विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । तर उनले विद्यार्थीको पहिलो प्राथमिकता अध्ययनमै हुनुपर्नेमा जोड दिए ।
सहप्राचार्य मन बहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमका संचालक शुरेन्द्र सदिक्षा तथा सहयोगी आधारभूत तर्फकी जोयना गुरुङ र रोजिना गुरुङ कक्षा ८ बाट, विलास्मा गुरुङ र श्रेयासी बाटाजु रहेका थिए ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘डि एस ए स्टार– २०’ को भव्य फिनाले: ८५ जना प्रतिस्पर्धीबाट उत्कृष्ट बालबालिकाहरू सम्मानित
- तीनीहरू : एलिफेन्ट्स इन द फग’ले उत्कृष्ट सुरुवात गर्दै बक्सअफिसमा राम्रो सम्भावना
- असोज १६ मा आउँदै ‘चंगुल’: पर्दामा देखिनेछ जेनजी आन्दोलन र त्यसपछिको अवस्था
- ‘जदौ हजुर’ पछि आयो ‘तिमीसँग नबोली’: कत्तिको जम्ला नीति र प्रभातको जोडी?
- लाहुरे जीवनको भित्री कथा: पेन्सनपट्टामा हराएको जेठी आमाको खोजी
- ‘बेहुली’को ट्रेलर सार्वजनिक : निर्माताले पाउने हिस्साको ५ प्रतिशत बाढी प्रभावितलाई दिइने
- बाढीले मनास्लु पदमार्ग अवरुद्ध
- ताँदी नदीमा बेलीब्रिज जडान जारी
- नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
- बाढीले मनास्लु पदमार्ग अवरुद्ध
कुमुदिनीमा खुल्ला नृत्य प्रतियोगिता: आकृति र कस्मिन प्रथम
Next Post