पोखरा। पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटमा रहेको कुमुदिनी होम्सले विद्यालयका विद्यार्थीहरुबीच तहगत रुपमा अतिरिक्त क्रियाकलापहरु संचालन गरिरहेको छ ।
बुधबार १ देखि ६ कक्षासम्म विद्यार्थीबीच नृत्य प्रतियोगिता सम्पन्न गरेपछि बिहिबार ७ देखि १२ कक्षासम्मका बिद्यार्थीबीच नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा निमावितर्फ कक्षा ७ ख की आकृति कुँवर प्रथम भएकी छन् । कक्षा ७ ग की सरगम क्षेत्री दोश्रो र कक्षा ७ सी की आकृति गुरुङ तेश्रो भएकी छन् ।
सिनियरतर्फ कक्षा ९ देखि १२ सम्मको प्रतिष्पर्धामा कक्षा ९ ख का कस्मिन मगर प्रथम भएका छन् । कक्षा ९ ख की निशा छन्त्याल दोश्रो र कक्षा १२ बि की रुबिना राम्जाली मगर तेश्रो हुन सफल भएकी छन् ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको पढाईको साथमा अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने बताए । विद्यार्थीमा यसले चौतर्फि विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । तर उनले विद्यार्थीको पहिलो प्राथमिकता अध्ययनमै हुनुपर्नेमा जोड दिए ।
सहप्राचार्य मन बहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमका संचालक शुरेन्द्र सदिक्षा तथा सहयोगी आधारभूत तर्फकी जोयना गुरुङ र रोजिना गुरुङ कक्षा ८ बाट, विलास्मा गुरुङ र श्रेयासी बाटाजु रहेका थिए ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
कुमुदिनीमा खुल्ला नृत्य प्रतियोगिता: आकृति र कस्मिन प्रथम
Next Post