पोखराको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२४ मा मनिपाल टिचिङ अस्पतालले पार्ट्नरको भुमिका निर्वाह गर्ने भएको छ । पोखरामा आयोजित सम्झौता (MoU) हस्ताक्षर कार्यक्रममा नेपाल मनिपाल टिचिङ्ग हस्पिटल र इभेन्ट फर यु बिच स्वास्थ सेवामा बिशेष सहकाॠ गर्ने सम्झौता भएको हो । सहमति अनुसार मिस पोखरा २०२४ का सहभागीहरुलाई आवस्यक स्वास्थ सेवा उपलब्ध गराइनेछ । असोज १७ गते मुख्य समारोहका दिन आकस्मिक स्वास्थ उपचारको लागि छुट्टै डेस्कको ब्यबस्था गरिनेछ। साथै प्रतियोगीहरुलाई स्त्रीरोग सम्बन्धि स्वास्थ उपचारको बारेमा अन्तरक्रिया गराइनेछ । सम्झौतामा उल्लेख भए अनुसार मिस पोखरा २०२४ को अवधि भर कुनै पनि प्रतियोगिको स्वास्थ्यमा समस्या देखिएमा निशुल्क उपचार गरिनेछ भने अस्पताल भर्ना गरेरै उपचार गर्नु परेमा २५% छुटमा उपचार गरिनेछ । कार्यक्रममा नेपाल मनिपाल टिचिङ अस्पतालका सिइयो अनिल ओडुविल,सम्पर्क अधिकारी,कृष्ण मोहन श्रेष्ठ र इभेन्ट्स फर यु का अध्यक्ष विशाल गुरुङ्ले प्रतियोगितालाई सफल बनाउनका लागि सहकार्यमा जुट्ने बताए । पोखरा JCI का कार्यकारी उपाध्यक्ष तथा प्रमुख समयोजक कृष्ण सुनारले कार्यक्रमको सफलताको कामना गरे । पोखराको प्रतिष्ठित मिस पोखरा प्रतियोगिताले युवतीहरुको क्षमता वृद्धि र आत्मविश्वास बिकासमा मदत पुर्याउदै आएको छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक : मन्त्री थापा
- पदमार्गले पर्यटकीय गाउँमा परिणत हुँदै टिकोट
- नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
- पाथीभरा क्षेत्रबाट एक हजार किलो फोहर सङ्कलन
- वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो
- ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
- आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- क्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ
- तनहुँका विभिन्न स्थानमा धमाधम पूर्वाधार निर्माण हुँदै
मिस पोखरा २०२४ मा मनिपाल टिचिङ अस्पतालको सहकार्य
Prev Post
Next Post