पोखराको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२४ मा मनिपाल टिचिङ अस्पतालले पार्ट्नरको भुमिका निर्वाह गर्ने भएको छ । पोखरामा आयोजित सम्झौता (MoU) हस्ताक्षर कार्यक्रममा नेपाल मनिपाल टिचिङ्ग हस्पिटल र इभेन्ट फर यु बिच स्वास्थ सेवामा बिशेष सहकाॠ गर्ने सम्झौता भएको हो । सहमति अनुसार मिस पोखरा २०२४ का सहभागीहरुलाई आवस्यक स्वास्थ सेवा उपलब्ध गराइनेछ । असोज १७ गते मुख्य समारोहका दिन आकस्मिक स्वास्थ उपचारको लागि छुट्टै डेस्कको ब्यबस्था गरिनेछ। साथै प्रतियोगीहरुलाई स्त्रीरोग सम्बन्धि स्वास्थ उपचारको बारेमा अन्तरक्रिया गराइनेछ । सम्झौतामा उल्लेख भए अनुसार मिस पोखरा २०२४ को अवधि भर कुनै पनि प्रतियोगिको स्वास्थ्यमा समस्या देखिएमा निशुल्क उपचार गरिनेछ भने अस्पताल भर्ना गरेरै उपचार गर्नु परेमा २५% छुटमा उपचार गरिनेछ । कार्यक्रममा नेपाल मनिपाल टिचिङ अस्पतालका सिइयो अनिल ओडुविल,सम्पर्क अधिकारी,कृष्ण मोहन श्रेष्ठ र इभेन्ट्स फर यु का अध्यक्ष विशाल गुरुङ्ले प्रतियोगितालाई सफल बनाउनका लागि सहकार्यमा जुट्ने बताए । पोखरा JCI का कार्यकारी उपाध्यक्ष तथा प्रमुख समयोजक कृष्ण सुनारले कार्यक्रमको सफलताको कामना गरे । पोखराको प्रतिष्ठित मिस पोखरा प्रतियोगिताले युवतीहरुको क्षमता वृद्धि र आत्मविश्वास बिकासमा मदत पुर्याउदै आएको छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
मिस पोखरा २०२४ मा मनिपाल टिचिङ अस्पतालको सहकार्य
Prev Post
Next Post