पोखराको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२४ मा मनिपाल टिचिङ अस्पतालले पार्ट्नरको भुमिका निर्वाह गर्ने भएको छ । पोखरामा आयोजित सम्झौता (MoU) हस्ताक्षर कार्यक्रममा नेपाल मनिपाल टिचिङ्ग हस्पिटल र इभेन्ट फर यु बिच स्वास्थ सेवामा बिशेष सहकाॠ गर्ने सम्झौता भएको हो । सहमति अनुसार मिस पोखरा २०२४ का सहभागीहरुलाई आवस्यक स्वास्थ सेवा उपलब्ध गराइनेछ । असोज १७ गते मुख्य समारोहका दिन आकस्मिक स्वास्थ उपचारको लागि छुट्टै डेस्कको ब्यबस्था गरिनेछ। साथै प्रतियोगीहरुलाई स्त्रीरोग सम्बन्धि स्वास्थ उपचारको बारेमा अन्तरक्रिया गराइनेछ । सम्झौतामा उल्लेख भए अनुसार मिस पोखरा २०२४ को अवधि भर कुनै पनि प्रतियोगिको स्वास्थ्यमा समस्या देखिएमा निशुल्क उपचार गरिनेछ भने अस्पताल भर्ना गरेरै उपचार गर्नु परेमा २५% छुटमा उपचार गरिनेछ । कार्यक्रममा नेपाल मनिपाल टिचिङ अस्पतालका सिइयो अनिल ओडुविल,सम्पर्क अधिकारी,कृष्ण मोहन श्रेष्ठ र इभेन्ट्स फर यु का अध्यक्ष विशाल गुरुङ्ले प्रतियोगितालाई सफल बनाउनका लागि सहकार्यमा जुट्ने बताए । पोखरा JCI का कार्यकारी उपाध्यक्ष तथा प्रमुख समयोजक कृष्ण सुनारले कार्यक्रमको सफलताको कामना गरे । पोखराको प्रतिष्ठित मिस पोखरा प्रतियोगिताले युवतीहरुको क्षमता वृद्धि र आत्मविश्वास बिकासमा मदत पुर्याउदै आएको छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विपद् उद्धारका लागि दुगड़ ग्रुप र कर्मचारीको १ करोड ११ लाख सहयोग
- सुपरस्टारसँग रोहित अधिकारीको लगातार सहकार्य, अनमोल र पलसँग दुई फिल्म बनाउँदै
- चिया पसलदेखि पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्षसम्म : शोभा गौतमले रचिन् ७२ वर्षे इतिहास
- डेब्यु जोडी सोनाल र कस्मताको ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक
- शोभा गौतम: चिया पसलदेखि पोउवा संघको पहिलो महिला अध्यक्षसम्म, रचिन ७२ वर्षे इतिहास
- शुष्मा गुरुङको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक
- आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि
- नीताको ‘पार्वती’ दोस्रो सातामा प्रवेशसँगै गरियो मार्मिक गीत ‘भगवान सबैको होइन र’
- ‘फेस अफ नेपाल २०२६’ को उपाधि सुमन र जियोनलाई, कोरियामा नेपालको प्रतिनिधित्व गर्ने
- आँधी बनेर छायो ‘बेहुली’को ट्रेलर: नेपालमा नम्बर वनसहित विश्वका ११ देशमा ग्लोबल ट्रेन्डिङमा
मिस पोखरा २०२४ मा मनिपाल टिचिङ अस्पतालको सहकार्य
Prev Post
Next Post