सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

अभिनेता घिमिरेको स्वास्थ्य अवस्था सुधार: अस्पतालको बेडमा समेत फिल्म र नाटककै चिन्ता

कुराकानीका क्रममा छायाकंन हुन बाँकी रहेका फिल्मको बारेमा चिन्ता व्यक्त गरे । छायाकंन हुन बाँकी रहेका महाजात्रा, डिग्री माइला र काम बाँकी रहेका फिल्मको काम आगामी मंसिरमा पुरा गर्ने समेत उनले बताए । ‘डिग्री माइलाको छायाकंन आँधा सकिएको छ, मंसिरमा गएर सकेर आउँछु’ उनले भने ।

पोखरा /

पोखराको मणिपाल अस्पतालमा उपचाररत चर्चित अभिनेता प्रकाश घिमिरेलाई आइसियूबाट न्यूरो वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा राम्रो सुधार भएका कारण उनलाई आइतबार वार्डमा सारिएको हो । वार्डमा सारिएका उनले भेट्न पुग्नेसँग खुलेर दोहोरो कुराकानी गर्न थालेका छन् ।

कुराकानीका क्रममा छायाकंन हुन बाँकी रहेका फिल्मको बारेमा चिन्ता व्यक्त गरे । छायाकंन हुन बाँकी रहेका महाजात्रा, डिग्री माइला र काम बाँकी रहेका फिल्मको काम आगामी मंसिरमा पुरा गर्ने समेत उनले बताए । ‘डिग्री माइलाको छायाकंन आँधा सकिएको छ, मंसिरमा गएर सकेर आउँछु’ उनले भने ।

अस्पतालमा उपचाररत रहँदा भेट्न आउने,फोन, सामाजिक सञ्जाल लगायत मार्फत चासो राख्नेहरु धेरैं भएको उनले बताएका छन् ।

IVF Big

‘साथीहरुले फोन गरिरहेका छन्, भेट्न आइरहेकाछन्, मानिस कमाउन निकै मेहनत गरेको रहेछु भन्ने थाहा भयो’ घिमिरेले भने । कुराकानीका क्रममा उनले फिल्म, नाटक, साहित्य, सञ्चार, राजनीतिक क्षेत्रका धेरैं जनाको नाम लिने प्रयास समेत गरेका थिए ।

कुराकानीका क्रममा भष्मे डन आफ्ना लागि एकदमै राम्रो फिल्म भएको समेत उनले बताए । केही फिल्म छायाक‌ंनको क्रममा समय जुध्दा नभ्याएर लिइसकेको एडभान्स रकम फिर्ता गरेको प्रस‌ंग समेत स्मरण गरें ।

यस अगाडि कलाकार घिमिरेले शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पोखरामा स्तरिय नाटकघर बनाउनुपर्ने बताएका थिए । यसरी उपचाररत रहेका घिमिरेले अस्पतालमा रहँदा त्यहाँ पुग्नेहरुसँग फिल्म र नाट्य क्षेत्रको चिन्ता लिने गरेका छन् ।

उनी कार्तिक १० गते शुक्रबार पोखरा नदिपुरको भिरमा घाँस काट्ने क्रममा लँडेर घाइते भइ अचेत भएका थिए । त्यसपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा निरन्तर उपचार भैरहेको छ । उनको स्वास्थ्यमा क्रमिक रुपमा राम्रो सुधार हुँदै गएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् ।

नेपाल अहिलेबाट साभार :

Leave A Reply

Your email address will not be published.