सुचना, समाचार र मनोरन्जन

मिलियन भ्युज पुगेको भन्दै गायक नविनले काटे केक

काठमाडौं :

पछिल्लो समय युवापुस्तामा लोकप्रिय बनेको गीत ‘१८ कट्यौ कटिनौ’बोलको गीत एक मिलिनय भ्युज पाएको छ। यहि खुशियालीमा गायक नविन कुमार पौडेलले केक काटेर सेलेब्रेट गरेका छन्। एक दशकदेखि गायनमा सक्रिय रहेका गायका पौडेलले सञ्चारकर्मीसँग खुसी साटेका हुन् । सोमबार गायक नविनसँगै यो गीतका संगीतकार दीपक शर्मा लगायतको उपस्थितिमा केक काटेर खुसी साटेको हो।

Pach Pandav

आफ्नो एक मिलियन पुगेको यो पहिलो गीत भएकाले खुसी साटेको गायक नविनले बताए । नविनको यो गीत अहिले चर्चामा छ । टिकटकमा समेत निकै रुचाईएको यो गीतमा संगीतकार शर्माकै शब्द रचना रहेको छ । संगीतकार दीपकसँग सहकार्यको यो पहिलो गीतले नै राम्रो सफलता पाएको पनि नविनले बताए। यस अघि उनका थुप्रै गीतहरु बजारमा आईसकेका छन् ।

यो गीतलाई जेएमडी क्रियशनको युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । जसमा सुरेन्द्र बस्यालको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन रहेको छ । यो गीतको भिडियोमा सुमन ज्योती न्यौपाने (ल्याङग्री दादा), उमेश कुमार बराल, गीता ढुङ्गाना लगायतको अभिनय रहेको छ । डान्सिङ शैलीको यो गीतलाई क्लब गीतको रुपमा छायांकन गरिएको छ । गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

Leave A Reply

Your email address will not be published.