काठमाडौँ/
राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन् । बिहीबार शीतल निवासमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताएका हुन् ।
राष्ट्रपति पौडेलले अहिलेको समय एकताबद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताए । उनले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताए । उनले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताए । उनले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहीन बनाएको बताए । उनले भ्रष्टाचारमा शून्य सहनशीलतालाई कडाइका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गरे ।