सुचना, समाचार र मनोरन्जन
jaar

निजामति ऐन छिटो भन्दा छिटो ल्याउन कर्मचारी युनियनको सरकारसँग माग

पोखरा/
नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष उत्तम कुमार कटुवालले संघीय निजामति ऐन छिटो भन्दा छिटो ल्याउनको लागि सरकारसँग माग गर्नु भएको छ । कर्मचारी युनियन कास्कीद्धारा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदैँ वरिष्ठ उपाध्यक्ष कटुवालले संघीय ऐन जारी हुन नसक्दा कर्मचारीहरुले उच्च मनोबलसाथ काम गर्न नसकेको र वृद्धि विकाससमेत रोकिन जाँदा कर्मचारी प्रति निराशा बढ्दै जाने बताए ।

उनले ऐनमा समेटिएको १९ बुँदे माग बमोजिम निजामति सेवामा लाग्ने सेवामा लाग्ने सम्पुर्ण कर्मचारीले एउटै सेवा सुविधा पाउनुपर्नेमा जोड दिए । युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले विधान अधिवेशनबाट भएका कुराहरुलाई बाहिर ल्याउन आग्रंह समेत गरे।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभागका प्रमुख रमेश पौडेलले संघीय निजामति ऐन आउन नसक्दा कर्मचारीहरुमा द्धिविधामा रहन पुगेको बताए ।

गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी, युनियनका उपाध्यक्ष केदार सापकोटा लगायत विभिन्न कर्मचारीले कर्मचारीको समस्या एव्म सरुवा बढुवाको बारेमा धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.