सुचना, समाचार र मनोरन्जन

राष्ट्रसङ्घ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई प्रधानमन्त्रीको सम्बोधन

काठमाण्डौ/

प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको सत्रलाई सम्बोधन गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले महासभाअन्तर्गत ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रको अध्यक्षता गर्नुभएको थियो । उहाँले अल्पविकसित देशका समूहहरुको साझा समस्याका रुपमा रहेको गरिबी निवारणका लागि उत्पादनवृद्धि गरी औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले कार्बन उत्सर्जनका कारण अल्पविकसित देशहरु प्रभावित हुँदै आएकाले यसप्रति गम्भीर भइ विकसित देशले क्षतिपूर्ति कोषमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले लाखौँ बालबालिका पढ्ने र खाने अधिकारबाट वञ्चित भएको अवस्थामा साझा प्रयासको खाँचो औल्याउँदै गरिबी निवारणमा जोड दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.