सुचना, समाचार र मनोरन्जन

मिस पोखराको अडिसन राउन्ड सोमबार पनि जारी रहने

पोखरा/

पोखरा जेसीजले आफ्नो बहुप्रतीक्षित वार्षिक कार्यक्रम, मिस पोखरा २०२४ को पहिलो अडिसन राउन्ड आइतबार भएको छ । सुन्दरता प्रतियोगिता पोखराका युवतीहरूको व्यक्तित्व, क्षमता, र नेतृत्व विकासमा केन्द्रित छ। अडिसनको पहिलो दिन हिजो नयाँ सहभागीहरूको उल्लेखनीय उपस्थिति थियो ।


पोखरा जेसीजले सन् १९७५ देखि समाज रुपान्तरण र युवाहरुको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ, र यो प्रतियोगिता पनि त्यही उद्देश्यलाई अघि बढाउँदै गरिएको हो। मिस पोखरा २०२४ लाई थप भव्य बनाउन, पोखरा जेसीजले प्रतिष्ठित इभेन्ट म्यानेजमेन्ट कम्पनी इभेन्ट्स फर यू प्रा.लि. सँग सहकार्य गरेको छ। कार्यक्रमको व्यवस्थापन विशाल गुरुङको नेतृत्वमा इभेन्ट्स फर यू को टिमले गरिरहेको छ, जसले उत्कृष्ट व्यवस्थापनको सुनिश्चितता प्रदान गरिरहेको छ।

Pach Pandav

कार्यक्रमका प्रमुख संयोजक तथा पोखरा JCI का कार्यकारी उपाध्यक्ष श्री कृष्ण सुनारले पनि प्रतियोगिताको सफलताका लागि उत्साहजनक समर्थन जनाएका छन्। आज सम्पन्न भएको पहिलो अडिसनको सफलता पछि, भोलि दोस्रो अडिसन राउन्ड पनि आयोजना गरिनेछ, जहाँ नयाँ प्रतिभाहरूको सहभागी हुने अपेक्षा गरिएको छ।
अडिसन आज पनि जारी रहने आयोजकले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.