पोखरा/
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् ।
“मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले तथ्याङ्कको विश्वसनियतामा शंका नआउने गरी यथार्थपरक तथ्याङ्क उपलब्ध गराउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
उनले तीनै तहको सरकार मिलेर नै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने उल्लेख गरे । घोकन्ते विद्या भन्दा पनि संस्कारमुखी शिक्षा आजको आवश्यकता रहेको भनाई उनको छ । फलस्वरुप मन्त्रालयले यसपालीको बजेटमा समेत व्यवसायिक र नैतिकवान शिक्षालाई जोड दिएको उनले बताए ।
फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रम महत्वपूर्ण रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापाले सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको सर्टिफिकेटमा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए । जसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने भनाई उनको छ । सही तथ्याङ्कको आवश्यकतालाई उनले जोड दिएका छन् ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेश स्तरमा शैक्षिक तथ्याङ्कको विश्वसनियता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । उनले मन्त्रालयले बिग्रदो, हराउँदो संस्कारलाई परिवर्तन गरि समाज र व्यक्तिलाई सुधार गर्न शिक्षाको क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उल्लेख गरे । मन्त्रालय अन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयहरुलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरेको जानकारी उनले गराएका छन् ।
शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कान सहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गरे । कार्यक्रम असोज १० र ११ गते दुई दिन सम्म चल्ने उनले बताए । कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुुखहरु र ८५ वटै पालिकाका शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि
- भोटेकोशी बाढी प्रभावित ‘होल्डिङ सेन्टर’ छाडेर क्रमशः कोठातिर
- फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
- फिल्म चंगुलको ट्रेलर सार्वजनिक, ट्रेलरमै देखियो जेन्जी आन्दोलन
- चलचित्र ‘बुकी फूल’ निर्माण हुँदै, दयाहाङले सुरु गरे नयाँ फिल्म
- उद्योगीको समस्या मेरो समस्या, व्यवसायीको आवाज मेरो आवाज: शोभा गौतम
- कोमल, राजु र चन्द्रको निर्णयकमा ‘लोक दोहोरी स्टार सिजन २’ असोज ४ देखि आउँदै
- प्रतिक्षित फिल्म ‘जदौ’ को ट्रेलर सार्वजनिक: अन्तरजातीय सम्बन्ध र सामाजिक विभेदको कथा
- बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल
- कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Prev Post
Next Post