सुचना, समाचार र मनोरन्जन

फेमिना सैलुन: पोखरामा २१ वर्षदेखि सौन्दर्य र विश्वासको प्रतीक

पोखरा/

२१ वर्षदेखि फेमिना सैलुनले सौन्दर्य सेवा र स्याहारमा पोखराका ग्राहकहरूको मन जित्दै आइरहेको छ। फेशियल, मैनिक्योर, हेयरकट, हेयर कलर, र एडभान्स्ड केराटिन ट्रीटमेन्टजस्ता सेवाहरूमा विशेषज्ञता राख्दै फेमिनाले सौन्दर्य भित्र र बाहिर दुवै प्रकारले सिर्जना गर्दै आएको छ।

फेमिनाको विशेषता केवल सौन्दर्य सेवा मात्र होइन, यो सैलुनले नयाँ पुस्ताका सौन्दर्यकर्मीहरूलाई व्यावहारिक तालिम पनि प्रदान गर्दछ। फेमिना सैलुन एण्ड मेकअप स्टुडियोको तालिम केन्द्रले भविष्यका कलाकारहरूलाई अनुभवी र सीपयुक्त बनाउँदै आएको छ।

फेमिना सैलुनका सञ्चालक नेहा अग्रहरी र रोशनी अग्रहरीले २१ वर्षको मेहनत र धैर्यतासाथ यो सफलतामा पुग्न आफ्नो सम्पूर्ण प्रयास गरेका छन्। उनीहरूको दृढ संकल्प र मेहनतले फेमिनालाई पोखराको सौन्दर्य उद्योगमा एक प्रमुख नाम बनाउन सहयोग पुर्याएको छ।

फेमिना सैलुनले सौन्दर्य सेवा र तालिमको क्षेत्रमा आफूलाई स्थापित गर्दै, ग्राहकहरूको विश्वास जित्दै आएको छ l

Leave A Reply

Your email address will not be published.