सुचना, समाचार र मनोरन्जन

राजेश पायलले गाए बालकको गीत ‘प्रिया प्रिया’

काठमाडौं :

गीतकार बालक गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ। यस गीतलाई गीतकार बालक गुरुङले नै संगीतवद्ध गरेका छन्।

Pach Pandav

लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दिवेश राईले संगीत संयोजन गरेका छन् भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ गरेका छन्।

यो गीत निकै रोमान्टिक बनेको छ। गायक राजेशपायल राईको गायकीमा एउटा बेग्लै मिठास सुन्न सकिन्छ। शब्दहरु प्रेमिल छन् भने संगीत पनि कर्णप्रिय छ । यो गीतको स्टुडियो छायांकनसहितको भिडियो पनि सार्वजनिक भएको छ। गीत रचनाको क्षेत्रमा तीन दशकदेखि सक्रिय बालक गुरुङ पछिल्लो दुई दशकदेखि गीतकारको रुपमा परिचित छन्।

Leave A Reply

Your email address will not be published.