सुचना, समाचार र मनोरन्जन

ब्रान्ड लजिकले ६ करोडमा लियो नेपाल प्रिमियर लिगको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

पोखरा/

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ।

Pach Pandav

क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासंगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ।

कम्पनीले खेलको प्रचार-प्रसार व्यवस्थापन देखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ। प्रसारणसँगै प्रायोजनको व्यवस्थापन अब ब्रान्ड लजिकले नेपाल प्रिमियर लिगका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ। साथै, विभिन्न प्रायोजन अवसरहरूलाई समन्वय गर्दै लिगको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम गर्नेछ।

सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार-प्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिए। उनले भने, “क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो। मैले बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन पराउँथे, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु। नेपाल प्रिमियर लिगलाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्‍याउन सक्ने जिम्मेवारी पाउँदा मलाई गर्व लागेको छ।” उनले थपे, “नेपाल प्रिमियर लिग केवल एउटा लिग होइन, यो नेपाली क्रिकेटको भविष्य हो। म आशा गर्छु कि नेपाली खेलप्रेमीहरूले यसलाई मन पराउनु हुनेछ, र हामी सबै मिलेर यो लिगलाई अझै उच्च स्थानमा पुर्‍याउनेछौं।” रचनात्मक काम गर्दै आएको ब्रान्ड लजिकले आफ्नो सिर्जनात्मकता, नवीन सोच र उत्कृष्ट कार्यान्वयन क्षमताका कारण विज्ञापन तथा मार्केटिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ।

Leave A Reply

Your email address will not be published.