सुचना, समाचार र मनोरन्जन

हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ : बालेन शाह

काठमाडौँ/

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । मेयर शाहले बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत भनेका छन्– ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’

उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ मासेर बनेको सहरको काम नभएको बताउँदै आफ्नो भाउ नै नभए पनि नाउँ बेचेर बनेको रहरको पनि काम नहुने बताएका छन् ।

यस्तो छ मेयर शाहको कविता–

गाउँ मासेर बनेको शहरको के काम ?

आफ्नो ठाउँ नै नरहे पछि,

Pach Pandav

नाउँ बेचेर बनेको रहरको के काम ?

आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,

ज्ञानमा चाहिन्छ ।

हिन्दु राष्ट्र संविधानमा हैन,

स्वाभिमानमा चाहिन्छ ।

Leave A Reply

Your email address will not be published.