सुचना, समाचार र मनोरन्जन

गौ पूजन महोत्सव: संस्कृतिको संरक्षण र धार्मिक जागरणको अभियान

 

कास्की : पोखरा महानगरपालिका द्वारा सञ्चालित र परोपकार राष्ट्रिय महासंघद्वारा व्यवस्थापन गरिएको पोखरा–१४, बाछेबुढुवा स्थित पुष्करणि गोकुलधाममा यमपञ्चकको अवसर पारेर भव्य गौ पूजन महोत्सव सम्पन्न भएको छ।

महोत्सवमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा

Chaka Panja

वडा नं. १४ का अध्यक्ष बोघराज कार्की, उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, र धार्मिक गुरु भागवत भाष्कर कमल नयन गौतमको साथै अन्य संघसंस्थाका प्रतिनिधि, शुभचिन्तक, र श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

धार्मिक गुरु कमल नयन गौतमले महोत्सवको नेतृत्व गरेका थिए।  गौ पूजनसँगै गोवर्धन पूजन र गोरु पूजनजस्ता परम्परागत विधिहरू सम्पन्न गरिएको छ। उपस्थित भक्तजनहरूले श्रद्धा र भक्तिभावका साथ भाग लिँदा कार्यक्रम थप विशेष र अर्थपूर्ण बनेको आयोजकले जनाएको छ। महोत्सवले धार्मिक र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने आयोजकको दाबि छ।

Leave A Reply

Your email address will not be published.