सुचना, समाचार र मनोरन्जन
IVF New Banner

१०२ वर्षे प्रजातन्त्र सेनानी दिल बहादुर गुरुङको निधन

 

कास्की : नेपाली कांग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिल बहादुर गुरुङको निधन भएको छ । मंगलबार बिहान १०२ वर्षको उमेरमा उनको निधन भएको छ। पर्वत जिल्ला आर्थरडाँडामा जन्मिएका गुरुङ पोखराको शिवालयचोकमा बस्दै आएका थिए ।

उनी प्रजातन्त्रको स्थापना र शिक्षाको विकासमा जीवन समर्पित गरेका व्यक्ति रूपमा परिचित थिए ।  पाँच पटक वडा अध्यक्ष र एक पटक जिल्ला पञ्चायत सदस्य भएर राजनीतिक नेतृत्व प्रदान गर्नुका साथै उनले गाउँमा पञ्चकोशी मावि लगायतका विद्यालय स्थापना गरी शिक्षाको ज्योति फैलाउन उल्लेखनीय योगदान दिएका थिए।

Exchange and test

गुरुङ नेपाली कांग्रेसमा “कांग्रेस बुढा” नामले प्रख्यात थिए। उनको राजनीतिक चेतना र सामाजिक सेवाले पर्वत र आसपासका क्षेत्रमा गहिरो प्रभाव पार्न सफल भएको स्थानीय बताउँछन् ।

गुरुङको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। उनको शवयात्रामा आफन्त, इष्टमित्र, साथीभाइ, पर्वतवासी, र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रामघाटको अर्घौ सदनमा गरिएको अन्त्येष्टिमा बौद्ध परम्पराअनुसार उनलाई बिदाइ गरिएको छ। उनका परिवारमा १ श्रीमती, ३ छोरा, ६ छोरी, ९ नाति, ११ नातिनी, ६ पनाती, र ३ पनातिनी रहेका छन्। कान्छा छोरा शेरबहादुर गुरुङ एस.के. साउण्ड नामक व्यवसायमार्फत पोखरामा सेवा गरिरहेका छन्।।

गाउँको विकास, शिक्षा प्रवर्द्धन, र लोकतन्त्रको स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने नेपाली कांग्रेसका “कांग्रेस बुढा” गुरुङको निधनले देशले एक आदर्श नेतृत्व गुमाएको अन्तिम बिदाइमा उपस्थित कांग्रेस नेताहरूले उल्लेख गरेऽ

 

Leave A Reply

Your email address will not be published.