सुचना, समाचार र मनोरन्जन

बारुदी सुरुङ जागरूकता दिवस आज

 

काठमाडौं : ‘सुरक्षित भविष्य यहाँबाट सुरु हुन्छ’ नाराका साथ आज विश्वभर बारुदी सुरुङ जागरूकता र सहयोगका लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै छ ।

 

सन् २००५ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । युद्ध एवं  सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन् ।

 

औसतमा प्रत्येक घण्टा यस्ता विस्फोटक उपकरणबाट एक जनाको मृत्यु वा घाइते हुने गरेको छ ।  बारुदी सुरुङ विस्फोटबाट सबैभन्दा धेरै बालबालिका पीडित हुने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.