सुचना, समाचार र मनोरन्जन

जगदम्बा ट्राभल्सले ल्यायो पाेखरा–काठमाडाैं सुपर भिआइपी एअर बस सेवा

समयको माग र यात्रुहरुको चाहना अनुसारको गुणस्तरीय सेवा बिस्तार गर्दै आएको जगदम्वा ट्राभल्सले यात्रुहरुको आरामदायी यात्राका लागि पोखरा–काठमाडौंको रुटमा नयाँ बस थपेको छ ।

पोखरा /

लामो समयदेखि सार्बजनिक यातायात व्यवसायमा सकृय पोखराको जगदम्बा ट्राभल्सले पोखरा–काठमाडौं–पोखरा रुटमा सुपर भिआइपी एअर बस सेवा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । यो बस अहिलेसम्म यो रुटमा चल्ने बसहरु मध्येको सबै भन्दा सुविधा सम्पन्न बस सेवा हो ।

समयको माग र यात्रुहरुको चाहना अनुसारको गुणस्तरीय सेवा बिस्तार गर्दै आएको जगदम्वा ट्राभल्सले यात्रुहरुको आरामदायी यात्राका लागि पोखरा–काठमाडौंको रुटमा नयाँ बस थपेको छ । घरमा सुतेर जाने समयमा आराम पूर्वक यात्रुहरु निदाएरै गन्तब्यमा पुग्न सकुन् भनेर सुपर भिआइपी एअर बस सेवा सुरु गरेको जगदम्बा ट्राभलका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

हरेक दिन राती नौ बजे पोखरा र काठमाडौंबाट छुट्ने यी बसमा लग्जरीयस शोफा सीट , ट्वाइलेट, बाथरुमको सुबिधा छ । जाडोको समयलाई ध्यानमा राखेर प्रत्येक सिटका लागि छुट्टा छुट्टै सफा बल्याकेंट ओढ्न पाइने यो बसमा यात्रा गर्दा यात्रुले खाजासहित चिया, कफी पिउन पाउने अध्यक्ष अधिकारीले बताए । प्रत्येक सिटमा मोवाइल चार्जर भएको यो बसमा यात्रा गर्ने यात्रुले आफ्नो आवश्यकता अनुसार बसेकै सिटबाट ब्ऋ चलाउन पाउनेछ ।

सामान्यतया ४५ सिट क्षमता भएको यात्रु बसको बडी प्रयोग गरेर यात्रुहरुको सुविधाका लागि जम्मा २८ सिट कायम गरिएको अधिकारीले बताए । पोखराको प्रस्याङ र काठमाडौंको बालाजुबाट हरेक दिन छुट्ने यो बसमा यात्रा गर्ने यात्रुले २ हजार रुपैया भाडा तिर्नु पर्नेछ ।

Leave A Reply

Your email address will not be published.