सुचना, समाचार र मनोरन्जन
IVF New Banner

तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, किसानलाई फूल टिप्ने चटारो

काठमाडौँ/

तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । तिहार केन्द्रित सामग्रीको कारोबार बढेको छ । काठमाण्डौ उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी, मङ्गलबजारलगायत देशका प्रमुख व्यापारिक क्षेत्रमा झिलिमिली बत्ती, दियो, मखमली तथा सयपत्री फूल, सप्तरङ्गी टीका, तामा, पित्तलका भाँडा, भाइमसला लगायतका सामग्री किन्नेको घुइँचो लाग्न थालेको छ ।

यसपालि भाइ मसलाको भाउ १० प्रतिशतसम्मले बढेको नेपाल खुद्रा व्यापार सङ्घका कार्यकारी अध्यक्ष नरेश बाबु शाहीले बताए। तिहारमा चाहिने सप्तरङ्गी टीका, पाला, मैनबत्ती, फूलमाला, बिजुली बत्तीलगायतका अरु सामानको भाउ पनि बढेको उपभोक्ताले गुनासो गरेका छन् ।

Exchange and test

यस्तै, तिहार नजिकिएसँगै किसानलाई फूल टिप्ने चटारो छ । तिहारका लागि मखमली, सयपत्री र गोदावरी फूल टिप्ने तथा माला उनेर बजारमा पठाउन भ्याइनभ्याइ छ । भाइटीकामा मखमली फूलको माला अनिवार्य मानिन्छ भने लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी चाहिन्छ ।

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन या पसल, कार्यालय, व्यावसायिकस्थल सिँगार्न सयपत्री फूलको माग उच्च हुने गर्छ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले भक्तपुर, चितवन, बर्दियालगायत फूल खेती हुने जिल्लाका किसानले फूल टिप्न र माला बनाउने कामलाई तीव्र पारेका छन् । तिहारलाई फूलको पर्व पनि मानिन्छ ।

तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका ठाउँमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको बर्दिया गुलरिया नगरपालिका–३ खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आउनुभएकी पार्वती थारूले बताए ।

उत्पादन भएका फूल टिपेर माला उनेर स्थानीय बजारदेखि बाँके, दाङ र काठमाण्डौसम्म नै पठाउने गरेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.